अक्कल तामाङ

गैरआवासीय नेपाली संघ (NRNA) अमेरिकामा आसन्न निर्वाचनलाई लक्षित गर्दै विभिन्न समुहहरू आ-आफ्नो रणनीति र नारा सहित चुनावी अभियानमा सक्रिय भइरहेका छन्। यसै क्रममा आज न्यूयोर्कको वुडसाइडमा अध्यक्ष पदका प्रत्यासी सतेन्द्र शाह नेतृत्वको समूहले भव्य चुनावी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

उक्त भेलामा अध्यक्ष पदका प्रत्यासी सतेन्द्र शाह, वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी मोहन वाइबा, तथा NRNA न्यूयोर्क च्याप्टरका अध्यक्ष पदका प्रत्यासीहरु राजु तामाङ र दन्डपानी लामिछानेले सहभागीहरू समक्ष आफ्नो योजनागत दृष्टिकोण प्रस्तुत गर्दै समर्थनको अपिल गरेका थिए ।

सतेन्द्र शाहले लामो मन्तव्य दिँदै आफ्नो नेतृत्वमा संघलाई थप दिगो, समावेशी र प्रभावकारी बनाउने दृष्टिकोण प्रस्तुत गरे। उनले नेपाली डायस्पोराको आवाजलाई नीतिगत तहमा पुर्याउने, नवपुस्तालाई नेतृत्वमा ल्याउने र संकटको बेलामा छिटो राहत व्यवस्था मिलाउने विषयमा प्राथमिकता दिने बताए।

वरिष्ठ उपाध्यक्ष प्रत्यासी मोहन वाइबाले संस्थाको पारदर्शिता, जवाफदेहिता र सदस्य सहभागितामा जोड दिने प्रतिबद्धता गरे ।

कार्यक्रममा NRNA र नेपाली समुदायका दर्जनौं विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। जसमा डा. विनोद शाह , जनसम्पर्क अमेरिका का सल्लाहकार भोजराज थोकर, NRNA RC नवीन सेरचन र सन्जीव श्रेष्ठ , समाजसेवी किशोर रेग्मी, NRNA ICC सहकोषाध्यक्ष कृष्ण आचार्य, मामाभान्जा ग्रुप अध्यक्ष दावा लामा र सचिव भिम तामाङ , तामाङ सोसाइटी अफ अमेरिका का सल्लाहकार जोन लामा र अध्यक्ष तुलबहादुर तामाङ, FIPNA अध्यक्ष तोरण गुरुङ , समाजसेवी अमित शाह, ग्याल्जे शेर्पा, NRNA USA नव निर्वाचित महिला सचिव लक्ष्मी थापा, NRNA न्युयोर्क च्याप्टरका सचिव पद का प्रत्यासी नगेन्द्र प्रसाई र सह-सचिव पदकी प्रत्यासी सुविना बज्रचार्य समाजसेवी यम अधिकारी र रिजुट समाजका अध्यक्ष राजेश थिए । उहाहरु सबैले सतेन्द्र शाह नेतृत्वलाई समर्थन जनाउँदै नयाँ दिशा र गतिशीलता दिन सक्षम भएको धाराणा राखे ।

कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय कास्की समाजका अध्यक्ष शिव बानियाले गरेका थिए। सम्पूर्ण कार्यक्रम Queens, New York को वुडसाइडस्थित सभाहलमा सम्पन्न भएको थियो, जहाँ उपस्थित शुभेच्छुक र समाजसेवीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।

NRNA अमेरिकाको आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी चुलिँदै गएको देखिन्छ। सतेन्द्र शाह नेतृत्वको यो समूहद्वारा आयोजित कार्यक्रमले चुनावी समीकरणमा नयाँ ऊर्जा थपेको स्पष्ट देखिन्छ। उम्मेदवारहरूको सशक्त प्रस्तुति र समर्थकहरूको उपस्थिति हेर्दा यो समूह निर्वाचनमा बलियो दाबेदारका रूपमा अघि बढेको आँकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *