अक्कल तामाङ
फेडेरेसन अफ इन्डिजिनस पीपल्स अफ नेपाल इन अमेरिका (FIPNA) को आयोजनामा अमेरिकाको न्यूयोर्कमा यहि आउँदो अगस्ट ९, २०२५, का दिन ३१औँ विश्व आदिवासी दिवस (31st International Day of the World’s Indigenous Peoples) भव्य रूपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको छ।
“आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार: खाध्य सुरक्षा र सर्वभौमिकताको बाटो” भन्ने मुल नाराका साथ आयोजना हुने यो विशेष दिवसले प्रवासी भूमिमा रहेका आदिवासी समुदायको पहिचान, हकअधिकार र सांस्कृतिक समृद्धिको संरक्षण गर्न उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको उद्देश्य:
- प्रवासी भूमिमा आदिवासी समुदायको हक अधिकार सुनिश्चित गर्ने बहस अघि बढाउनु।
- आफ्नो मौलिक भाषा, लिपि, संस्कृति, नाचगान र पोशाकलाई विश्वसमक्ष उजागर गर्नु।
- नयाँ पुस्तामा मौलिक पहिचानप्रतिको चेतना अभिवृद्धि गर्नु।
- विविध जातीय समूहहरूबीच सहअस्तित्व, सद्भाव र सहयोगको भावना प्रवर्द्धन गर्नु ।
यसै क्रममा फिप्ना (FIPNA) ले अमेरिका भरि रहेका सम्पूर्ण आदिवासी जनजातिका सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई आफ्नो मौलिकता र अस्तित्वलाई एकजुट रूपमा देखाउन आग्रह गरेको छ।“जहाँ रहे पनि, जुनसुकै भूमिमा भए पनि आफ्नो जरा, आफ्नो भाषा र संस्कृतिलाई नबिर्सौं” भन्ने सन्देशसहित यो दिवसले विश्वभरका आदिवासी जनताको आवाज बुलन्द गर्ने अपेक्षा छ ।कार्यक्रममा सांस्कृतिक झाँकी, नृत्य, र विविध कला प्रस्तुत हुने जानकारी आयोजकले दिएका छन्।सहभागीहरूले आफ्नो पहिचान झल्काउने पोशाक र सामग्री ल्याउनसमेत अनुरोध गरिएको छ ।
कार्यक्रमको समय तालिका यस प्रकार छ:
10:00AM – 11:00AM:
टी ब्रेकफास्ट र शुभारम्भ समारोह
स्थान: Ghyalsumdo Office, 4008 76th St, Elmhurst, NY 11373
11:30AM:
फोटोशूट / नास्ता / आदिवासी परेड
स्थान: 72nd St & Woodside Ave, Woodside, New York
12:00PM – 4:00PM:
मुख्य कार्यक्रम (Main Event)
स्थान: 78th & 79th Streets बीचको Woodside Ave, Woodside, New York
