न्युयोर्क। अगामी सेप्टेम्बर १ तारिख आइतबार न्युयोर्कको क्वीन्स वुडसाइड स्थित दिव्यधाम मन्दिरमा तीजको दर खाने र तीज मनाउने कार्यक्रम हुने भएको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व तीजको अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए) न्युयोर्क च्याप्टरको मूल आयोजनामा हुन गइरहेको यश कार्यक्रमलाई “हरितालिका तीज २०२४” भनिएको कुरा कार्यक्रमकि संयोजक, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए) न्युयोर्क च्याप्टरकी महिला उपाध्यक्ष तथा भिजन क्लबस इन्टरनेशनलकि केन्द्रिय सदस्य लक्ष्मी थापाले बताउनु भयो ।

विदेशी भुमिमा आफ्नो कला, सस्कार र सस्कृती बचाइ राख्नुको साथै अगामी सन्ततिलाई समेत सिकाउने उद्देश्यले आयोजना गरेको यस कार्यक्रमलाई सफल बनाउन सह- आयोजकको रूपमा काभ्रे अमेरिका कल्याणकारी समाज , बाग्लुङ सेवा समाज अमेरिका, फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाली अमेरिकन कलाकार संघ,धादिङ नेपाली समाज अमेरिकाले साथ दिने भएको छ ।
यो दिन हिन्दु नारीहरुको विशेष दिन रहेतापनी सम्पुर्ण नेपाली दिदीबहिनीलाई यश तीज विशेष कार्यक्रममा दरखान र नाचगान गरेर रमाइलो गर्नको लागि निमन्त्रणा साथै अह्वान गरेको कुरा संयोजक थापाले बताइन । कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
मिति: आइतवार, सेप्टेम्बर १,२०२४
स्थान: दिव्यधाम मन्दिर
समय: साँझ ६-११ बजेसम्म
34-63 56th st, Woodside , NY 11377
