काठमाडौ । थाइल्यान्डको बैंककमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न भएको छ ।

म्युजिक ल्याब प्रालिको आयोजनामा शनिबार बैंकक स्थित होटल प्रिन्सटना आयोजित भब्य समारोहमा संगीतको विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठको सभाध्यक्षमा एनआरएनए थाइल्यान्डका अध्यक्ष भवीन्द्र बस्नेतको प्रमुख आतिथ्यता तथा आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङको विशेष आतिथ्यता रहेको उक्त समारोहमा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेल लगाएत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो।

नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न स्वरुप गोल्डेन म्युजिक अवार्ड आयोजना गरिएको अवार्ड संयोजक गायक तथा संकलक बिनोद ढकालले बताए ।

कार्यक्रममा दर्जन भन्दा बढी गायक गायिकाहरुले बेजोड सागींतिक प्रस्तुती दिँदै उपस्थित दर्शकहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *