यस वर्ष हामी नेपाली ग्लोबल सेसेल्सले हरितालिका तीज दुई चरणमा सम्पन्न गर्ने निधो गरेसंगै अगष्ट १८, २०२४ लादिक आइल्यान्डको तानित भिला रेस्टुरेन्टमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम लादिक आइल्यान्डमा सम्पन्न भएसँगै सेप्टेम्बर १, २०२४ मा सेसेल्सको राजधानी माहेको Anse Etoile स्थित कम्युनिटी हलमा सम्पन्न गर्ने निर्णय हामी नेपाली ग्लोबल सेसेल्सको कार्यसमितिले गरिएको हो ।
लादिक आइल्यान्डको तीज विशेष कार्यक्रममा प्रमुख अतिथिको रूपमा आउनु भएका लादिक आइल्यान्ड जनप्रतिनिधि सांसद श्री रक्की युवरानी अत्यन्तै हर्षित हुँदै हामी नेपाली ग्लोबल सेसेल्सलाई धेरै धन्यवाद र खुसी प्रकट गर्नुभयो। जुलाई २८, २०२४ मा रक्तदान कार्यक्रम पश्चात हरितालिका तीज को अवसरमा सांसद रककी युवरानीले नेपालीहरूले यति धेरै कामको व्यस्तताका बावजुद आफ्नो परिवारबाट टाढा रहेर पनि आफ्नो रितिरिवाज लाई प्रदेशमा मनाएको देख्दा आफू नितान्त हर्षित भएको कुरा खुलेर प्रसंश गर्नुभएको थियो ।

साथै लादिक आइल्याण्ड भित्र काम गर्दै आउनुभएका सम्पूर्ण नेपालीहरूलाई सम्बोधन गर्दै स-धन्यवाद प्रकट गर्नु भएको थियो । पहिलो चरणको तीज विशेष कार्यक्रमको संयोजक भक्त आसलामी मगर र उपसंयोजक चित्र गुरुङको विशेष पहलमा पहिलोचोटि लादिक आइल्याण्डमा ऐतिहासिक तीज विशेष कार्यक्रम, सम्पन्न भएको थियो । उक्त कार्यक्रमको उद्घोषक सस्थाका सचिव आइन्द्रविक्रमले गर्नुभएको थियो भने समसामयिक शुभकामना मन्तव्य महासचिव सुरेन्द्र कुँवरले गर्नुभएको थियो ।
साथै माहे संयोजक श्री हरि तामाङ बाट विभिन्न हास्यव्यङ्ग्य तथा रोचक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने स्थानीय कलाकार भाइबहिनीहरूबाट तीज कार्यक्रमका रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सफल बनाउन योगदान पुर्याउनु हुने संयोजक तथा सहसंयोजक र सम्पूर्ण कार्यसमितिका सदस्यहरू, कलाकारहरु र प्रत्येक्ष अप्रत्यक्ष सहयोग अनि योगदान पुर्याउनु हुने सबैलाई धन्यवाद र उच्च सम्मान दिनु हुँदै आगामी दिनहरूमा पनि साथ सपोर्ट एक आपसमा निरन्तर रहिरहने छ भन्ने विश्वास लिएको कुरा सस्थाका अध्यक्ष दिपेन्द्र कुवरले बताउनु भएको थियोे ।
उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरू आफ्नो कामको व्यस्तताका बावजुद पनि संस्थालाई माया गरेर आ-आफ्नो ठाउँबाट तीज विशेष कार्यक्रमलाई सफल पार्नका निमित्त पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान अनी धन्यवाद दिदै सेप्टेम्बर १, २०२४ मा माहे आइल्यान्ड को Anse Etoile स्थित कम्युनिटी भवनमा दोस्रो चरणको हरितालिका तीज विशेष कार्यक्रममा सम्पूर्ण दिदीबहिनी दाजुभाई सबै लाई चुले निम्तो साथ निमन्त्रणा गर्नु हुँदै कार्यक्रम समापन गर्नु भएको थियो ।
