अगस्ट – ०८। जुलाई ३१ , २०२४ बुधबारदेखि अमेरिकको भर्जेनिया स्थित मनासस पार्क घरबाट हराइरहेकी काभ्रे पलान्चोक जिल्ला पनौती नगरपालिका वडा नम्वर ६ मा जन्मेकी पेशाले नर्श ममता काफ्ले भट्ट वेपत्ता भएको अनुसन्धान गरिरहेका मनासस पार्क प्रहरीले उनका श्रीमान नरेश भट्टलाई २३ दिन पछि बिहीबार बिहान १०:४५ बजे पक्राउ गरेको छ ।

पक्राउ गर्नु अघि घरमा रातभर प्रहरीले खानतलासी गरेका थिए । अनुसन्धानको क्रममा ममताकि श्रीमान नरेश भट्टले समन्वय नगरेको गुनासो गरिरहेका प्रहरीले खानतलासी पछि भट्ट पक्राउ गरेका हुन । प्रहरीले भट्टलाई कस्तो किसिमको अभियोग लागाएको छ भन्ने तत्काल खुलेको छैन ।

Click here to watch Arrested Video

ममताको १ वर्षीय छोरीलाई पनि प्रहरीले संरक्षणमा राखिएको छ । अब ममताले छिट्टै न्याय पाउने आशाका साथ सम्पुर्ण नेपाली समुदाय मनासस प्रहरी कार्यलयमा उपस्थित भैरहेका छन् । यसै बीच एक विज्ञप्ति जारी गर्दै काभ्रे समाज अमेरिकले २०२४ अगस्ट २४ शनिबार आयोजना गर्न लागेको वनभोज कार्यक्रम स्थगित गरेको जानकारी समाजका सचिब उद्द्व प्रसाद हुमागाइले हेल्प नेट न्युजलाइ दिनु भएको छ ।

 

काभ्रेपलान्चोक अमेरिका कल्याणकारी समाजको विज्ञप्ति यस प्रकार छ :

अति जरुरी सूचना !

आदरणीय काभ्रेली परिवारहरुमा हार्दिक नमस्कार सहित अति जरुरी सूचना ! “काभ्रेपलान्चोक अमेरिका कल्याणकारी समाज -न्यूयोर्क ” २०१९ को वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम यही अगष्ट २४,२०२४ शनिवार हुन गइ रहेको सूचना यहाँहरु सबैलाइ सामाजिक सञ्जाल मार्फत र व्यक्तिगत मेसेन्जरमा पुगिसकेको छ। तर हामी सबैको दुर्भाग्य गएको जुलाई ३१ , २०२४ बुधबारदेखि भर्जेनिया स्थित मनासस पार्क घर भएकी काभ्रे पलान्चोक जिल्ला पनौती नगरपालिका वडा नम्वर ६ मा जन्मेकी काभ्रेली छोरी, पेशाले नर्श र १ वर्षकी छोरीको आम ममता काफ्ले भट्टको उनकै श्रीमानले कर्तव्य गरी मारेको भन्ने भर्जेनिया मनासस पार्क पुलिसको इन्भेष्टिगेशन करीव करीव आइसकेको यस दुखद घडीमा यस सन्स्थाको “साधारण सभा ,नेत्रित्व छनौट र वनभोज” कार्यक्रम हाललाई स्थगित गरी आगामी सेप्टेम्वर १५ तारिक, २०२४ आइतवार गर्ने गरि सम्पूर्ण अमेरिका बासी काभ्रेली परिवारहरुलाई ( दिदि बहिनि , दाजुभाइ र आमा बुबा) हार्दिक अनुरोध गर्दछौ ! यसरी यो दुखद सूचन सहित यही अगष्ट २४,२०२४ शनिवार हुन गइ रहेको कार्यक्रम स्थित गर्नु परेकोमा यहाँहरु सबैसँग माफी चाहन्छौ ! अन्तमा ममता काफ्ले प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै अपराधीलाई हदैसम्मको सजायको लागि काभ्रेपलान्चोक अमेरिका कल्याणकारी समाज सम्वन्धित निकायमा सम्पूर्ण नेपाली अमेरिकन समाज त्यसमा पनि विशेष काभ्रेली समाजको आवाजमा एकताबद्ध रहने प्रण गर्दछ !

“काभ्रेपलान्चोक अमेरिका कल्याणकारी समाज -न्यूयोर्क ” २०१९ परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *