शेर्पा संघ अमेरिकाले आयोजना गरेको विशेष अन्तर्क्रिया कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा ‘उज्यालो नेपाल’ अभियानका कुलमान घिसिङले नेपाली समुदायसँग आफ्नो ३० वर्षको सार्वजनिक सेवाको अनुभव, भविष्यका योजना र देशको आर्थिक रूपान्तरणबारे धारणा सार्वजनिक गर्नु भयो । कार्यक्रममा महत्वपूर्ण उपस्थिति रहेको घिसिङले बताउनु भयो । उनले हालसम्म अमेरिकामा १०–१२ वटा कार्यक्रममा भाग लिइसकेका र गल्फका ४ देश भ्रमण सम्पन्न गरिसकेको जानकारी दिनु भयो ।प्राधिकरणबाट बाहिरिएपछि उनले ग्रासरुटदेखि उच्चस्तरका व्यक्तिहरूसँग भेटघाट गर्दै, “विदेशमा आएर स्वदेशको चिन्ता गरिरहेका नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु,” भन्नु भयो ।
“नेपाल सरकारले मलाई बर्खास्त गरे पनि देश विदेशका जनताले माया र विश्वास देखाए। यसैले अझै केही गर्नुपर्ने दृढ निश्चयका साथ ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको हुँ,” घिसिङले भन्नु भयो ।
उज्यालो नेपाल’ अभियानका मुख्य उद्देश्यहरू
१. देश–विदेशका विशेष व्यक्तिहरुको टिम निर्माण : डेटा संकलन, नेटवर्किङ, र सबैलाई जोड्ने।
२. समृद्धिको लागि रोडम्याप तयार : विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरी योजनाहरू बनाउने।
३. वैकल्पिक राजनीतिक नेतृत्व निर्माण : सक्षम टिम बनाएर देश विकासमा योगदान दिने।
उनले स्पष्ट पार्नु भयो “नेपालमा जुन किसिमको आर्थिक रूपान्तरणको लागि नेतृत्व चाहिन्छ, त्यस्तो अहिले छैन। Right man, right place, right time हुनुपर्छ। नेपाललाई सम्भावनाको देश बनाउनु मेरो लक्ष्य हो।”
सुझाव र शुभकमन
कार्यक्रममा उपस्थित धर्म गरूहरु खेन्पो पेम छिरिङ शेर्पा खेन्पो ङवाङ चोण्डु लामा शेर्पाले उज्यालो नेपाल अभियान सफालको लगि मेन्लाम गरि शुभा कमान दिनु भयो र शेर्पा संघ अमेकिकाको सल्लहकार संरक्षक विभिन्न संघसंस्था प्रतिनिधि बुद्धिजीवी पत्रकार कलाकार तथा नेपाली समुदायका सदस्यहरूले उज्यालो नेपाल अभियानलाई सल्ला सुझाव र शुभा कमान दिनुको सथै प्रवासबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने लगायतका जिज्ञासा राखेका थिए ।
कार्यक्रममा सहभागीहरुले विभिन्न प्रश्न र सुझाव राखे:
उत्तरमा घिसिङले भन्नु भयो “कुनै हालतमा जनतालाई घात नगर्ने, संविधानभित्र रहेर संशोधन गर्दै अगाडि बढ्ने, र म यो चुनौती व्यवस्थापन गर्न जान्दछु, सहि नेतृत्वले सबै प्रश्नको उत्तर दिनेछ “। घिसिङले भन्नु भयो ।
कार्यक्रमको सञ्चालन NRNA न्यु योर्क च्यपटरको अध्यक्ष तथा संघका महासचिव छिरिङ शेर्पाले उत्कृष्ट रूपमा गर्नु भयो भने , अध्यक्षता र समापन
अध्यक्ष पासाङ दोर्जी शेर्पा ए.पी. लामाले गर्नु भयो ।समापन मन्तव्यमा बोल्दै लामाले “आजको अन्तर्क्रिया केवल एउटा भेटघाट मात्र होइन, यो हाम्रो भविष्यको सोच निर्माणको अवसर हो। नेपाली जनता देशको परिस्थितिबाट निराश भएको अवस्थामा अब आउने उज्यालो नेपालले कुनै पनि राजनीतिक दलहरूसँग टकराव नगरिकन लोकतन्त्र गणतन्त्र पद्धतिभित्र रहेर समस्त देश विकास र जनताको आवाजलाई समन्वय गरी अगाडि बढ्न सल्लाह सुझाव तथा शुभकामना दियो शेर्पा सङ्घ अमेरिका अमेरिकन राजनीतिक र अमेरिकामा बसोबास गर्नुहुने शेर्पा समुदायलगायत सम्पूर्ण नेपाली समुदायको लागि अमेरिकामा हकहित अधिकार को लागि सधैँ तयार छ।” भन्नु भयो ।

