अक्कल तामाङ

न्यूयोर्क — तामाङ सोसाइटी अफ अमेरिकाले आफ्नो २३ औं स्थापना दिवस हर्षोल्लासका साथ मनाएको छ। संस्थाका अध्यक्ष तुल बहादुर तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि लामा गुरु रहेका थिए। कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सन्त बहादुर तामाङले व्यक्त गरेका थिए भने सञ्चालन महासचिव चाँदनी तामाङले गरे।

समारोहको प्रारम्भ धर्मगुरुले मन्त्र पाठ गरेर गरिएको थियो। ताम्बा लालमान तामाङ र राम तामाङले परम्परागत ताम्बा काइतेन सेर्ग्यम विधि सम्पन्न गरी कार्यक्रमको धार्मिक महत्वलाई थप बलियो बनाए।

स्थापना दिवसको उत्सव केक काटेर मनाइयो। कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू, सल्लाहकारहरू तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले तामाङ समुदायको एकताको महत्त्वलाई विशेष रूपमा उल्लेख गर्दै आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्नुपर्ने कुरामा जोड दिए।

कार्यक्रमपश्चात सामूहिक भोजको समेत आयोजना गरिएको थियो, जसले आपसी सद्भाव र सामाजिक सम्बन्धलाई थप मजबुत बनाएको छ। तामाङ सोसाइटी अफ अमेरिकाले विगत २३ वर्षदेखि तामाङ समुदायको संरक्षण, प्रवर्द्धन तथा सामाजिक सेवा क्षेत्रमा उल्लेखनीय योगदान दिंदै आएको छ ।

कसले के भने र के गरे ?

मन्तव्य जेष्ठ नागारिक रतन लामा, लामा गुरु अक्कल लामा, मितेरि समाजका अध्यक्ष सुरेश तामाङ, तामाङ सोसाइटि अफ अ्मेरिकाका निवर्तमान महासचिव शमशेर योन्जन ले दिनु भएको थियो ।महासचिव शमशेरले व्यक्तिगत स्वार्थ र रिस इबि बिर्सेर सबै तामाङ एक हुनुपपर्छ र यो कार्यसमितिले सबैलाइ समेटेर लैजाने छ भन्ने विश्वास लिएको र अगामी दिनमा जन्म उत्सव मनाउदा केक होइन छ्योमी बालेर काट्न सुझाव दिनु भयो ।लालमान तामाङ , शम्भु मोक्तानले तामाङ सस्कार सस्कृति जोगाइ राख्न सबै एकजुट भएर लाग्न आह्वान गरे ।यम बहादुर मोक्तानले सस्थाको भवन बनाउन सबै एक हुनु पर्ने , भुराजनीतिमा तामङहरु लाग्न आह्वान गरे । TSA कका पुर्व महासचिव दिपेन्द्र लामाले तामाङ भाषामा जोड दिनु पर्ने, ट्रष्टि भवन बनाउनु हुन्न भनेर भ्रम फैलाएकोमा दुख्ख व्यक्त गरेका थिए । सजन थोकरले पुर्खले शुरु गरेको तामाङ सस्कार सस्कृतिलाइ बचाइ राख्न नया पुस्तालाइ सिकाउनु पर्नेमा जोड दिनु भयो साथै TCBC मेम्बरसिप पनि आफुले तुरुनतै लिने बताउनु भयो ।अन्तराष्टीय तामाङ कान्सिलका सहसचिव लाक्यन लामाले विगतको कमीकमजोरिलाइ सच्चाउदै नया सोच लिएर योजना बनाएर अगाडि बढ्न सुझाव दिनु भयो NRAN न्युयोर्कका सचिव, राजु तामाङले समाजको साथै व्यक्ति पनि आर्थिक रुपम समृद्दि बनाउनु पर्ने मा जोड दिदै घाटि हेरि हाड निल्न सुजाव दिनु भयो । निवर्तमान आध्यक्ष बुद्दिमान तामङ ले TSA को सस्थापकलाइ सम्झना गरि धन्यवाद दिदै एक थुकि सुकि सय थुके नदि भने झै हामी सबै एकजुट भएर tsa को लक्ष्य पुरा गर्नु पर्नेमा जोड दिनु भयो ।रोज घिसिङ्ले हामि सबै एक भएर मात्र यो समाजलाइ भने जस्तो बनाउन सकिन्छ भनि आह्वान गर्नु भयो रधिका तामाङ बाट थप 1 हजार डलर TCBC लाइ सहयोग दिने बताउनु भयो ।पुर्व अध्यक्ष छेमाङ तामाङ ले पार्टिगत र व्यक्तिगत कुरालाइ बिर्सेर सस्थाको हितमा सोच्न आह्वान गर्दै पुर्व अध्यक्ष हरुले चलखेल नगरि यो कार्यसमितिलाइ निर्वाद काम गर्न दिन सुझाव गर्नु भयो । पुर्व अध्यक्ष सानु माया तामाङ ले सस्थाको उद्देश्य पुरा गर्न एक हुन आह्वान गर्नु भयो । पुर्व अध्यक्ष सुर्य पाख्रिन, ले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्नेमा जोड दिनु भयो ।पुर्व अध्यक्ष भरत मोक्तान ले आफ्नो भाषा, सस्कार जगेर्ना गर्न सबै एक भएर लाग्न सुझाव दिनु भयो ।राम तामाङले तामाङ भाषामा नै बोल्ने गरे मात्र भाषाको जगेर्ना हुन्छ भन्नु भयो । नर्थ अ्मेरिकका अध्यक्ष मोहन वाइबाले आफुले समुदाय र TSA को हितमा निस्वार्थ काम गर्ने बताउनु भयो । NRNA का उपाध्यक्ष B R लामाले विगतको कमिकमजोरि बिर्सेर सबै एक साथ अघि बढ्न सुझाव दिनु भयो । कार्यक्रमलाइ समापन गर्नु हुदै सभापतित्व गरि रहनु भएका अध्यक्ष तुलबहादुर तामाङले अगामी दिनमा सबैलाइ समेटेर अगाडि बढ्ने प्रतिवध्द व्यक्त गर्नु भयो । कार्यक्रमलाइ सफल पार्न जोन लामा लगायत कार्यसमितिका सम्पुर्ण सदस्यहरुले आ आफ्नो तर्फबाट विशेष भुमिका निर्वाह गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *