पछिलेलो समय एनआरएनए को दुइ पक्षबीचको झगडाको मिलापत परै जाओस्, तर “काम कुरो एकातिर, कुम्लो बोकी ठीमी तिर ” भनेझैं, एकथरीलाई बेमौसमी चुनाव र अधिवेशनको हतारो छ भने अर्काथरी देश विदेशका गल्ली–गल्लीमा बरालिँदै छरपस्ट भेला हुने धन्दामै रमाइरहेका छन्।

विदेशमा रातदिन पसिना बगाएर, बिहान–बेलुका मुख जोर्ने संघर्ष गर्दै प्रवासी नेपालीहरूले एनआरएनए को नाममा पठाएको करोडौं रुपैयाँको कुनै ठोस हिसाब छैन। एनआरएनएको BLD को अवस्था अन्योलमै छ, लाप्राकमा बनेका घरहरू प्रयोगविहीन हुँदै जिर्ण बन्दैछन्। ती संरचनालाई पुनः उपयोगमा ल्याउने कुनै स्पष्ट योजना देखिँदैन।

यतिका वर्षसम्म बनेका सबै नेतृत्वहरूले पद र शक्तिको दुरुपयोग समेत गरे । कसैले पाँचतारे होटल बनाएको , कसैले निजी अस्पताल खोलेको , कसैले निजी बैंक स्थापनागरेको त कसैले ठूला जलविद्युत् परियोजनाहरू आफ्नो स्वार्थअनुसार हात पार्ने प्रयत्न गरेको आरोप हरू खेपीरहन परेको छ । तर, करिब ८० लाखभन्दा बढी गैर-आवासीय नेपालीहरूको हक, हित र राष्ट्रिय उन्नतिको लागि सोच्ने फुर्सद कसैलाई भएन। मुक्य लज्जास्पद कुरा के छ भने, केही पूर्ब नेतृत्व लाई २०२३-२५ का मुख्य नेतृत्व उम्मेदवारहरूबाट आफ्ना राजनीतिक स्वार्थ मिल्ने टिम निर्माण समेत आफै गरीदिएर चुनाब समेत जिताइदिने सर्तमा करोडौं रुपैयाँ असुलेको तर अर्को टिम संग त्यो भन्दा बढ़ी रकम असूलेर जिताऊन तिर लागेको बेईमान जस्तो गम्बीर आरोप समेत खेप्नुपरेको छ। यसरी चुनावलाई व्यापार बनाउने, पदलाई कमाउने माध्यम बनाउने, र संस्थालाई व्यक्ति विशेषका स्वार्थअनुसार चलाउने प्रवृत्तिले एनआरएनए आज संकटमा परेको छ।

अब प्रवासी नेपालीहरूका लागि संस्थालाई सही मार्गमा ल्याउने बेला आइसकेको छ। एनआरएनएको पवित्र विधानमा लेखिएको उद्देश्य अनुरूप सम्पूर्ण गैर-आवासीय नेपालीहरूलाई एकीकृत गर्दै, प्रवासबाट श्रम, सीप, पुँजी, र ज्ञानलाई नेपालमा भित्र्याउँदै राष्ट्रिय समृद्धिको अभियान अघि बढाउनुको विकल्प छैन।

अब हुने एकताको अधिवेशनमा हतार नगरी, समय लिएर भए पनि सही नेतृत्व चयन गर्नुपर्छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, उद्देश्य र परिणाममुखी सोचका साथ अघि बढे मात्र एनआरएनएको भविष्य सुरक्षित हुन सक्छ, र प्रवासी नेपालीहरूको हितको लागी सम्भव छ। विश्लेषक : शिव प्रसाद पौडेल
निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक, एनआरएनए जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *