काठमाडौं । रंगहरुको पर्व भनेर चिनिने होलीलाई लक्षित गरी खाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम २०८१ आयोजना हुने भएको छ ।

फूडल्याण्डले फागु पूर्णिमाको दिन फागुन २९गते बिहीबार बिहान १० बजे देखि नेपाली सांगितिक क्षेत्रका चर्चीत एवं ख्यातिप्राप्त कलाकारहरुको लाइभ दोहोरी,कल्चर डान्स लगाएतको बृहत होलि साङ्गीतिक प्रस्तुति रहने छ ।

नेपाली मौलिक कला सस्कृतिको माध्यमबाट नेपाली बिचको एकतालाई प्रगाढ बनाउन बिगतका बर्ष झै यस बर्ष पनि कार्यक्रमको आयोजना गरिएको फूडल्याण्डका प्रबन्ध निर्देशक गोपी थापाले जानकारी दिनु भयो।

कार्यक्रममा सांगीतिक माहौलका बीच रङ अनि पेय पदार्थको साथमा खानाका बिबिध परिकार जस्तै लोकल खसी,कुखुरा,बदेलका लाइभ बारबेक्‍यू,विभिन्न थरीका म:म का परिकार नूडलस च्याउ, पनिर माछा,ससेस लगाएतका नेपाली,चाइनिज,कन्टिनेन्टल मासुको उत्कृष्ट,आकर्षण परिकारको स्टल एवं प्रदर्शनी तथा पाहुनाको अर्डर अनुसारको खानाको परिकार समेत पाइने पनि थापाले जानकारी दिनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *