काठमाडौं। जेनजीको आन्दोलनमा भएको दुःखद घटनाप्रति फेसियल हाउसले गहिरो दुःख व्यक्त गरेको छ। एक विज्ञप्ति जारी गर्दै कम्पनीले २०८२ साल भदौ २४ गते मंगलबारका दिन आफ्ना ११ वटै शाखा बन्द गर्ने निर्णय गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ– “पोसाकमै रहेका विद्यार्थीलाई अपराधीजस्तै व्यवहार गरेको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”

फेसियल हाउसले अकल्पनीय यो घटनाप्रति श्रद्धाञ्जलीस्वरूप सम्पूर्ण शाखा एकदिनका लागि बन्द रहने जनाएको हो।

आन्दोलनमा अहिलेसम्म १९ जना जेनजी आन्दोलनकारीको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *