अक्कल तामाङ न्युयोर्क, अमेरिका – गैर आवासीय नेपाली संघ (NRNA) NCC अमेरिकाको 2025–2027 कार्यकालका लागि यहि आउँदो अगस्ट 16 र 17 मा हुन गइरहेको निर्वाचनमा एक कुशल, दूरदर्शी र अनुभवी सामाजिक अभियन्ता आङ छिरिङ शेर्पा उपाध्यक्ष जस्तो गरिमामय पदको प्रत्यासी हुनुहुन्छ । शेर्पा लामो समयदेखि गैर आवासीय नेपाली समुदायको सुख–दुखमा अग्रपंक्तिमा उभिएर सेवा गर्दै आएका व्यक्तित्व हुन्।
न्यूयोर्क च्याप्टरका अध्यक्षको जिम्मेवारी वहन गर्दा उहाँले संगठनलाई नयाँ उचाइमा पुर्याउन उल्लेखनीय योगदान गर्नुभयो। उहाँकै नेतृत्वकालमा नेपाल डे परेड जस्तो ऐतिहासिक र महत्वपुर्ण कार्यक्रमको अगुवाइको जिम्मेवारी NRNA ले औपचारिक रूपमा लिएको थियो। त्यसैगरी, तीज पर्वलाई सामूहिक उत्सवका रूपमा NRNA न्यूयोर्क च्याप्टरमार्फत पहिलो पटक आयोजना गर्ने पहल पनि शेर्पा नेतृत्वमै भएको हो।
यसका साथै, एक कार्यकाल RC सदस्यको हैसियतमा समेत सक्रिय भूमिका निर्वाह गरिसकेका उहाँले संगठनको आन्तरिक सुदृढीकरणदेखि लिएर अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायको पहिचान मजबुत बनाउन अविस्मरणीय काम गर्नुभएको छ। सामाजिक सेवा र नेतृत्वको यो लामो यात्रामा, शेर्पाले गैर आवासीय समुदायको अधिकार, हित र पहिचानको रक्षा गर्न कहिल्यै पछि हट्नुभएन। उहाँको दूरदर्शी सोच, सहनशीलता र निर्णायक क्षमतालाई समुदायका धेरैले आदर्शको रूपमा लिएका छन । न्युयोर्कमा आफ्नो टिमलाइ परिचय गराउने क्रममा शेर्पाले यसो भन्नु भयो : “गैर आवासीय नेपाली समुदाय मेरो परिवार हो। उनीहरूको खुशी र कठिनाइ मेरो आफ्नै दायित्व हो।
यदि फेरि म लगायत मेरो टिमले जिम्मेवारी पाउछ भने म अझ प्रभावकारी रूपमा सबैको पक्षमा काम गर्नेछु।” गैर आवासीय नेपाली समाजभित्रको एकता, सांस्कृतिक प्रवर्द्धन, र आपसी सहयोगका पक्षधर शेर्पाको उम्मेदवारीलाई न्यूयोर्क लगायत अमेरिका भरिका धेरै समुदाय नेताहरूले समर्थन गरेका छन्। नेपाली सामाजलाइ सदा आफ्नो परिवार सम्झिनु हुनुको सथै गैर आवासिय समुदायको हित र अधिकारको लागि सदा आवज बुलन्दा गर्नु हुने दुरदर्शी सोचका धनी आङ छिरिङ शेर्पाको विजयको लागि हाम्रो पनि शुभकामना ।

