न्युयोर्कतामांग सोसाईटी अफ अमेरिकाको यहि मार्च १६ तारिखका दिन हुन गईरहेको १२ औ महाधिबेसनमा संस्थाका बर्तमान उपाध्यक्ष तुल बहादुर तामाङ र महासचिव शम्सेर योन्जनले आआ-आफ्नो टिम बनाएर विभिन्न पदका लागी आफ्नो उम्मेदवारी घोषणा गरि प्रचारप्रसार र सदस्यता वितरण व्यापक रुपमा गरिरहेका छन् । मार्च १६ आइतवार १२ बजेदेखि मतदान शुरु गरि बेलुका ८ बजे अन्त्य गर्ने योजना अनुरुप निर्वाचन कमिटिले आफ्नो तयारि लगभग पुरा गरि सकेका छन ।

प्राप्त जानकारी अनुसार दुवै टिमको गरि हालसम्म ५०० जना भन्दा बढिले सदस्यता लिइसकेका छन भने सदस्यता लिने समय सुक्रबार राति १२ बजे देखि समाप्त भैसकेको छ । “सस्थाको सुद्ढीकरण, पारदर्शिता र भावनात्मक एकता” को नारा लिएर चुनावी प्रचारप्रसारमा लागेका शम्सेर योन्जनको टिमलाइ सस्थाको वरिष्ठ व्यक्तित्वहरु लक्यान लामा, भरत मोक्तान, विनोद घिसिङ, विनिता तामाङ, दिपेन्द्र लामाले साथ दिएका छन भने “समुदाय बीच भावनात्मक एकता र तामाङ सास्कृतिक बौध्द केन्द्र भवन निर्माण गर्ने” नारा लिएर चुनावी प्रचारप्रसारमा लागेका तुल बहादुर तामाङको टिमलाइ सस्थाको वरिष्ठ व्यक्तित्वहरु बुध्दि मान तामाङ, म्हेन्दो माया ग्रुप, मोहन वाइबा, लुइसाङ वाइबा, सिर्जना स्याङ्तान, दावा गोले(जोन),राम गोलेले प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिएका छन ।

प्रजातान्त्रिक प्रकृयाबाट जुन टिमले जित हासिल गरेतापनि यो एउटा प्रकृयामात्र भएको र यो टिम चुनावको मत परिणाम घोषणा नभएसम्म मात्र हुने दुवै टिमले प्रस्ट पार्दै नतिजा जस्तो आए पनि सस्थाको हितको लागि भावनात्मक एकताको लागि हातेमालो गर्ने प्रण गरिसकेका छन । दुवै टिमलाइ हाम्रो पनि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *