काठमाडौं, फागुन १३ । स्कुल्स एलायन्स फर एकेडेमिक ट्रान्सफर्मेसन (स्याट) ले विभिन्न क्षेत्रका पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ। मंगलबार रुसी संस्कृति केन्द्रमा आयोजित समारोहमा उनीहरूलाई सम्मान प्रदान गरिएको थियो।

सम्मानित व्यक्तित्वहरूमा साहित्यकार एवं पत्रकार सरोज ओझा, प्यारालिम्पिक पदक विजेता पलेशा गोवर्धन, काठमाडौं शिक्षा इकाइ प्रमुख बिचारी प्रसाद अधिकारी, चलचित्र पत्रकार सानु श्रेष्ठ र गायक लाक्पा शेर्पा रहेका छन्। प्यारालिम्पिक पदक विजेता पलेशा गोवर्धन अध्ययनको सिलसिलामा हाल चीनमा रहेकीले उनकोतर्फबाट पिता प्रदिप गोबर्धनले सम्मान ग्रहण गरेका थिए।

सम्मान समारोहमा नेपाल कलाकार संघका अध्यक्ष मोहन निरौला र स्याटका अध्यक्ष इन्जिनियर विनय श्रेष्ठले संयुक्त रूपमा उनीहरूलाई दोसल्लासहित सम्मान गरे।

स्याटका महासचिव प्रशान्त दाहालका अनुसार यस कार्यक्रमको उद्देश्य शिक्षा, पत्रकारिता, खेलकुद, साहित्य, र संगीतजस्ता क्षेत्रमा योगदान पु¥याउने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्नु रहेको छ। यसले स्याटको शैक्षिक तथा सांस्कृतिक रुपान्तरणको अभियानलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको दाहालले बताएका छन्।

सम्मान ग्रहण पस्चात् साहित्यकार एवं पत्रकार ओझाले शिक्षण संस्था सम्बद्ध प्रबुद्ध व्यक्तिहरुको समुहबाट प्राप्त यस सम्मानले आफूलाई थप उर्जा तथा हौसला मिलेको बताउनुभयो । त्यसैगरि प्यारालिम्पिक पदक विजेता पलेशा गोवर्धनका पिता प्रदिप गोवर्धनले छोरीकोतर्फबाट सम्मान ग्रहण गर्न पाउँदा खुसी लागेको बताउनुहुँदै विभिन्न क्षेत्रबाट उत्कृष्ट बन्दै सम्मानित हुन सफल सबैलाई बधाई दिन चाहेको समेत उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *