न्यूयोर्क, जुन २२, २०२५ HelpNetNews.com विशेष रिपोर्ट
तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा २०२५ जुन २२, आईतवारका दिन न्यूयोर्कमा आयोजित सागा दावाको पुण्य अवसरमा आयोजित बौद्ध पञ्च महाशास्त्रको परिचय तथा “दान पारमिता” र “ध्यान पारमिता” सम्बन्धी विशेष धार्मिक प्रवचन कार्यक्रम अत्यन्त भव्य र सभ्य ढंगले सम्पन्न भएको छ ।
आध्यात्मिक चेतनाले भरिएको सागा दावा
यस कार्यक्रमको प्रमुख आकर्षण श्रद्धेय धर्मगुरु खेन्पो सर्बजित गोन्ङ्बा तामाङज्यूको प्रवचन थियो। उहाँले जीवनको सार, दानको महत्व, ध्यानको शक्ति र बौद्ध शिक्षाको व्यावहारिक पक्षलाई सहज भाषामा प्रस्तुत गर्दै सहभागीहरूलाई गहिरो आध्यात्मिक अनुभूति प्रदान गर्नु भयो ।
समाजसेवीहरूको सक्रिय सहभागिता
कार्यक्रममा तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष, सल्लाहकारज्यूहरू, संयोजकज्यूहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, धर्मप्रेमीहरू तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विशेष धन्यवाद ज्ञापन न्यूयोर्कका
समाजसेवी तथा सोसाइटीका पूर्व सल्लाहकार बिनोद घिसिङ ज्यू, मन्जु तामाङ ज्यू, र बिना लामा घिसिङ ज्यू लाई गरिएको थियो, जसले तामाङ साँस्कृतिक तथा बौद्ध केन्द्र भवन निर्माण अभियानमा उल्लेखनीय योगदान गर्नुभएको छ ।
सेवा र सत्कारमा पनि उत्कृष्टता
कार्यक्रम स्थल उपलब्ध गराई सहयोग गर्ने ह्योल्मो सोसाइटी अफ अमेरिका, साथै स्वादिलो खाना, पानी र चिया सेवा उपलब्ध गराउने सम्पूर्ण शुभचिन्तकहरूलाई आयोजक संस्थाले विशेष धन्यवाद प्रकट गरेको छ ।
धन्यवाद मन्तव्य – तुल बहादुर तामाङ, अध्यक्ष
तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष तुल बहादुर तामाङज्यूले आफ्नो औपचारिक धन्यवाद सन्देशमा भन्नुभयो:
“यहाँहरूको निरन्तर समर्थन र प्रोत्साहनले हामीलाई नयाँ उत्साह र प्रेरणा मिलेको छ। हाम्रो साझा प्रतिबद्धता र समर्पणले तामाङ समुदायलाई अझ एकीकृत, जीवन्त र प्रगतिशील बनाउनेछ भन्ने कुरामा हामी दृढ विश्वास गर्दछौ ” ।
सकारात्मक ऊर्जा र भविष्यको आशा
कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा फैलाएको, धार्मिक चेतना अभिवृद्धि गराएको र भविष्यका अभियानहरूमा सहयोग र सहकार्यको मार्ग खोलिदिएको विश्वास लिइएको छ ।
