अक्कल तामाङ

न्यूयोर्क, अप्रिल १० – गैर-आवासीय नेपाली संघ (NRNA) अमेरिका, न्यूयोर्कको आयोजनामा यस वर्ष पनि “नेपाल डे परेड २०२५” न्यूयोर्क सिटीको म्यान्हटनमा मे १८ तारिख (आइतबार) का दिन भव्य रूपमा सम्पन्न हुने भएको छ। नेपाली कला, संस्कृति, र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली रूपमा प्रस्तुत गर्ने उद्देश्यले विगत केही वर्षदेखि आयोजना हुँदै आएको यो परेड अब एक सांस्कृतिक परम्पराको रूपमा स्थापित हुँदै गएको छ।

यस ऐतिहासिक उत्सवलाई अझ प्रभावकारी, समावेशी, र सफल बनाउनका लागि खुला टाउनहल बैठकको आयोजना गरिएको छ। सम्पूर्ण अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका अगुवा, संघ–संस्था, व्यवसायी, पत्रकार, कलाकार, स्वयंसेवक, र युवाहरूलाई बैठकमा उपस्थित भई आफ्नो अमूल्य सुझाव र सहभागिता जनाउन हार्दिक अनुरोध गरिएको छ।

बैठकको उद्देश्य र कार्यसूची:
• नेपाल डे परेड २०२५ को उद्देश्य र योजना प्रस्तुत
• विभिन्न कार्यदलहरू गठन
• सहकार्य र सहभागिता सुनिश्चित
• स्टेरिङ कमिटीको गठन

बैठकको विवरण:
• मिति: अप्रिल १३, २०२५ (आइतबार)
• समय: दिउँसो १:०० बजे
• स्थान: नेपाली भान्छा घर, 74-15 Roosevelt Ave, Jackson Heights, NY 11372

गैर-आवासीय नेपाली संघ, न्यूयोर्कका सचिव राजु तामाङका अनुसार, “नेपाल डे परेड नेपाली पहिचानको आवाज हो। यसलाई सफल बनाउन सबैको साझा प्रयास आवश्यक छ। हामी सबै नेपालीलाई एकजुट भएर सामूहिक उत्सवको भावना प्रस्तुत गर्न हार्दिक आमन्त्रण गर्छौं।”

नेपाल डे परेड २०२५ न केवल सांस्कृतिक उत्सव हो, यो हाम्रा पुस्तालाई आफ्नो जरा सम्झाउने, एकताको सन्देश फैलाउने, र नेपाली समुदायको आवाज विश्व समुदायसमक्ष पुर्‍याउने अवसर पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *