काठमाडौं – नेपाली मौलिक खानाको विविधता, परम्परागत स्वाद, र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यले आगामी वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुहुने भएको छ।

नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा हुन लागेको यो यो कार्यक्रमलाई ऐतिहासिक सम्मेलनको रूपमा लीएको छ, जहाँ विश्वभर रहेका नेपाली सेफहरू एकै ठाउँमा भेला भई नेपाली खानाको प्रवर्द्धन, गुणस्तर सुधार र सेफहरूको क्षमता विकासमा योगदान दिने उद्देश्य राखिएको छ।

म​ङ​ग​ल​वार​ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेसँग भएको भेटमा सम्मेलनका केन्द्रीय संयोजक अरुण अधिकारीले मन्त्रीलाई कार्यक्रममा सहभागी भई उद्घाटन गरिदिन आग्रह गर्नु भएको थियो। मन्त्री पाण्डेले नेपालको मौलिक खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताउँदै उद्घाटन गर्न स्वीकृति दिनुभएको हो।

संयोजक अधिकारीले भन्नुभयो, “नेपालका मौलिक परिकारहरूलाई विश्व बजारमा पुर्‍याउन र नेपाली सेफहरूको पहिचान निर्माण गर्न यो सम्मेलनले एउटा ठुलो मञ्च तयार गर्नेछ। मन्त्रीज्यूको सहभागिताले हामीलाई थप हौसला मिलेको छ।”

 

फेस्टिभलमा विभिन्न पारम्परिक तथा क्षेत्रीय परिकारहरूको प्रदर्शनी, सेफहरूको प्रस्तुति, अन्तरक्रिया कार्यक्रम तथा सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *